एनएमबी बैंकले मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गरेको छ।
राहतमा मिनरल वाटर, स्यानिटाईजर र मास्क वितरण गरिएको बैंकले जनाएको छ।
बैंकका मनाङ शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरु, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले, सोही गाउँपालिकाका, वडा नं. ५ का अध्यक्ष कैले गुरुङ्ग तथा स्थानीय समुदायको उपस्थितिमा सामग्रीहरु वितरण गरिएको हो।
साथै अलपत्र तीन नावालकसहित पाँच जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागी काठमाडौं ल्याइएको बैंकले बतायो।