ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङबीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडी खरिदको लागि कर्जासम्बन्धी सम्झौता भएको छ।
सम्झौता अन्तर्गत सिप्रदी ट्रेडिङको सिफारिसमा ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडी किन्न उक्त बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा पाउनेछन्।
सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा सिप्रदी ट्रेडिङको तर्फबाट महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरे।
बैंकको देशभरि फैलिएका १०५ वटै शाखाबाट उक्त सवारी कर्जा लिन सकिनेछ। यो बैंकको हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ एटिएम सञ्चालनमा छ।