लक्ष्मी बैंकले १३०औँ शाखा बुढानिलकण्ठको वडा न. ६ स्थित गणेश चोकमा संचालनमा ल्याएको छ।
यो शाखा मार्फत बैकंले ग्राहकहरुको आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्ने बैंकको भनाइ छ। साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।
लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १३० शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५९ एटिएम, २५०० बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ।