एनएमबि बैंक लिमिटेडले प्रति वर्ष ८.५० प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा प्रवाह गर्ने भएको छ।
निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त गर्न बैंकले ५ वर्षसम्म एउटै ब्याजदर रहने तथा २५ वर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने योजना अघि सारेको हो।
स्थिर दर बाहेकको घर कर्जाको हकमा भने एनएमबि बैंकले प्रति वर्ष ७.९९ प्रतिशतमा कर्जा उपलब्ध गराइरहेको छ।
एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा दिइरहेका छ।