आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमित सूर्य बहादुर खड्काको मृत्यु बापत एक करोड बिमा रकम बराबर भुक्तानी गरेको छ।
कम्पनीको प्रदेश नं. १ स्थित शाखा कार्यालय गाईघाटबाट वि.सं २०७६ असार ३१ जीवन बिमा गरेका बिमितको ०७८ असार १५ गते उपचारका क्रममा मेडिसिटी अस्पताल ललितपुरमा मृत्यु भएको थियो।
उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले एक कार्यक्रममाझ बिमितले इच्छाईएको व्यक्ति निजकी श्रीमति सिर्जना खड्कालाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत फुयाँलले कम्पनी सदैव बिमितको हित, बिमाको सरल सेवा प्रवाह, छिटो छरितो दाबी भुक्तानी, जीवन बिमाको जनचेतनामा निहित रहेको बताए।