मेगा बैंक नेपाल लिमिटेडको ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकहरुले आकर्षक विशेषता भएको एनसेलको सिमकार्ड निःशुल्क पाउने भएका छन्।
शून्य मौज्दातमा नै खोल्न सकिने मेगा लोकप्रिय बचत खातामा ग्राहकले एनसेलद्वारा मेगा बैंकका लागि कस्टमाइज्ड सुविधासहितको सिमकार्ड पाउने बैंकले जानकारी दिएको छ।
बचत खाता खोली बचतको फाइदासँगै थप आकर्षक सुविधाहरु दिन र साथि–आफन्तसँगको सम्बन्ध थप प्रगाढ बनाउन बैंकले यो अफर ल्याएको बताएको छ।
यो सहकार्यका लागि बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्बीच सम्झौता भएको हो।
प्रिलोडेड रहेको ५०० एमबी डाटा (इन्टरनेट), ५० मिनेट टक टाइम तथा ५० एसएमएस प्याकेज भएको एनसेलको सिमकार्ड नयाँ खाता खोल्ने ग्राहकका साथै मेगा स्मार्ट मोबाइल बैंकिङ सुविधा उपभोग गर्ने ग्राहकलाई उपलब्ध गराइने बैंकले जनाएको छ।
यसरी पाइने सिम कार्डबाट बैंकको मेगा स्मार्ट मोबाइल बैंकिङ र मेगा अनलाइन बैंकिङको प्रयोग गर्न अनलिमिटेड इन्टरनेट सुविधा निःशुल्क उपलब्ध हुनेछ।