एभरेष्ट बैंक लिमिटेडले भैँसेपाटी, ललितपुरमा आफ्नो १०४ औं शाखा उद्घाटन गरेको छ।
एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशव राज पौडेल र ललितपुर महानगरपालिका १८ का वडा अध्यक्ष पुरुषोत्तम खड्काले ललितपुर शाखाको उद्घाटन गरेका छन्।
बैंकमा हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरु छन्। देशैभर छरिएर रहेको १०४ शाखा संजाल, प्रादेशिक कार्यालय, १३६ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट मोबाइल र इन्टरनेटर बैकिङ सुबिधा दिइरहेको छ।
यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।