आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हेटाैँडा शाखा कार्यालयले बिमा बापतको २५ लाख रुपैयाँ भुक्तानी गरेको छ।
आइएमई धन सरिता जीवन बिमा योजना अन्तर्गत घातक रोगको रक्षावरण समेत हुने गरी बिमा गरेका हिमाल पौडेललाई कम्पनीले उक्त रकम भुक्तानी गरेको हो।
बिमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बिमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो। निवेदन प्राप्त भएको १५ दिनभित्र कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो।
कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरु विरुद्ध रक्षावरण हुने बिमालेख योजना ल्याएको छ।