सनराइज बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेश कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नं. ५, खानीडाँडामा ८४औं शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ।
त्यसैगरी गत हप्ता बैंकले नुवाकोट विदुर नगरपालिका गौरीबेशीमा ८३ औं गरी थप १ शाखारहित बैंकिङ सेवाको सुरु गरेको थियो। सो शाखारहित बैंकिङ सेवाहरु सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८४ पुगेको छ।
बैंकले उक्त स्थानहरुमा सेवा सञ्चालनका लागी खानीडाँडाको स्थानीय व्यवसायी कविता जि.शी भाट र गौरीबेशीका रविन्द्र घिमिरेलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ।
शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायतका सेवाहरु उपयोग गर्न सकिने बैंकले जनाएको छ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटिएम र ८४ वटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा दिँदै आइरहेको छ।