एभरेष्ट बैंक लिमिटेडले साझा सहकारीले सञ्चालन गरेका पेट्रोल पम्महरुमा एभरेष्ट बैंकको क्युआर कोडबाट भुक्तानी गर्न सकिने सेवा सुरुवात गरेको छ।
सेवाको शुभारम्भ एभरेष्ट बैंकका बागमती प्रदेश प्रबन्धक सन्तोष भट्टराई र साझा सेवा सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले संयुक्त रुपमा गरेका छन्।
कार्यक्रममा साझा सेवाका प्रमुख लेखा अधिकृत दिवाकर श्रेष्ठ, एभरेष्ट बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती, एभरेष्ट बैंकका पुल्चोक शाखाका शाखा प्रबन्धक लव कुइकेल लगायत अन्य व्यक्तिहरुको उपस्थिती थियो।
साझाका पेट्रोलपम्पबाट पेट्रोलियम पदार्थ किनेपछि बैंकको क्युआर कोडबाट भुक्तानी गर्दा रियल टाइममा नै साझा सहकारी संस्थाको पुल्चोकस्थित शाखामा रकम जम्मा हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ।
बैंकमा हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरु छन्। बैंकले देशैभरि छरिएर रहेको आफ्नो १०४ शाखा सञ्जाल, प्रादेशिक कार्यालय , १३६ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।
यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।