समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकले वरिष्ठ वचत खाता योजना ल्याएको छ। जसमा बैंकले सर्वाधिक ब्याजदर उपलब्ध गराउने बताएको छ।
५८ वर्ष माथिका नागरिकले न्यूनतम मौज्दात १० हजार रुपैयाँ राखी खोल्न सकिने यस वचत खातामा वार्षिक ६ दशमलब शू्न्य पाँच प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले बताएको छ।
साथै ब्याजको भुक्तानी मासिक रुपमा प्रदान गरिनेछ। यसका अलावा विशेष सेवा अन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा पनि उपलब्ध गराउने छ।
सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा तथा योजनाहरु प्रदान गर्दै जाने बैंकले बताएको छ।