सानिमा बैंकले सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ।
बैंकका खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएपछि मृतकका हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दीर्घायु बचत योजना अन्तर्गत बिमा रकम प्रदान गरिएको बैंकले जानकारी दिएको छ।
मृतक हिम प्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा खाता खोलेका थिए। अमरसिंह शाखाका शाखा प्रबन्धक श्री वीरेन्द्र लाल श्रेष्ठले तनमाया घर्ती पुनलाई बिमा रकम भुक्तानी गरेका हुन्।
सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बिमा ३ लाख रुपैयाँसम्मको ६ जटिल रोगको उपचार बिमा, ५० हजार सम्मको स्वास्थ्य बिमा र ५ हजार सम्मको स्वास्थ जाँच सुविधा प्रदान गर्दै आइरहेको छ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९५ वटा एटिएम सञ्चालनमा छन्।