वाणिज्य बैंकहरुमा दुई सातामा १२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। साउनमा घटेको निक्षेप भदौको पहिलो सातादेखि सुधार आएको हो।
भदौ ४ गतेसम्म २७ वाणिज्य बैंकहरुमा ४१ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप थपिएकोमा भदौ १८ गतेसम्म आउँदा ४१ खर्ब २९ अर्ब कायम भएको छ। यद्यपि निक्षेपको तुलनामा कर्जाको वृद्धिदर भने उच्च छ। यहीं दुई साताको अवधिमा ४१ अर्ब रुपैयाँ कर्जा बढेको छ।
भदौ ४ गतेसम्म कुल ३७ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भदौ १८ गतेसम्म आउँदा ३८ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ।
साउन महिनामा निक्षेप घटेको थियो। सो महिना वाणिज्य बैंकहरुबाट मात्रै ७८ अर्बले निक्षेप घटेको थियो।
असार मसान्तसम्म बैंकहरुको निक्षेप ४२ खर्ब १ अर्ब रुपैयाँ रहेकोमा साउन ३२ गतेसम्म आउँदा ४१ खर्ब २३ अर्बमा खुम्चिएको थियो। भदौ लागेपछि त्यसमा सुधारको संकेत देखिएको हो।
हेर्नुस् यस आर्थिक वर्षमा बैंकहरूको निक्षेप तथा कर्जा विस्तारको अवस्था
अवधि
|
कुल निक्षेप
|
कुल कर्जा
|
असार मसान्त
|
४२ खर्ब १ अर्ब
|
३७ खर्ब २१ अर्ब
|
साउन ८
|
४१ खर्ब ५८ अर्ब
|
३७ खर्ब ६ अर्ब
|
साउन १५
|
४१ खर्ब ५३ अर्ब
|
३७ खर्ब १६ अर्ब
|
साउन २२
|
४१ खर्ब ४० अर्ब
|
३७ खर्ब ३२ अर्ब
|
साउन २९
|
४१ खर्ब १८ अर्ब
|
३७ खर्ब ५५ अर्ब
|
साउन ३२
|
४१ खर्ब २३ अर्ब
|
३७ खर्ब ६४ अर्ब
|
भदौ ४
|
४१ खर्ब १७ अर्ब
|
३७ खर्ब ७८ अर्ब
|
भदौ ११
|
४१ खर्ब २५ अर्ब
|
३७ खर्ब ९७ अर्ब
|
भदौ १८
|
४१ खर्ब २९ अर्ब
|
३८ खर्ब १९ अर्ब
|