आइतबार साढे ६ अर्ब रुपैयाँको सेयर किनबेच भयो, अर्थात किन्ने र बेच्ने दुवैतर्फको जोड्दा कुल १३ अर्ब रुपैयाँ बराबरको कारोबार भयो।
सेयर लगानीकर्ता आफैले सम्बद्ध ब्रोकर कम्पनीको ट्रेड म्यानजमेन्ट सिस्टम (टिएमएस) प्रयोग गरेर सेयर किन्न वा बेच्नका लागि आदेश दिन्छन्। त्यसरी आदेश दिएपछि किन्ने र बेच्नेतर्फको मूल्य र सेयर संख्या ‘म्याच’ भइसकेपछि कारोबार सम्पन्न हुन्छ।
यसरी लगानीकर्ताले अनलाइन सिस्टमबाट कारोबार गरे पनि टिएमएस प्रयोग गरेपछि सम्बद्ध ब्रोकर कम्पनीलाई तोकिएको कमिसन भने तिर्नुपर्छ। कतिपय ब्रोकर कम्पनीबाट खरिद भएको सेयर बढी छ भने कतिपयबाट बिक्री भएको सेयर बढी छ।
कुल ५० ब्रोकर कम्पनीमध्ये धेरै कारोबार गरेका १० ठूला ब्रोकर कम्पनीहरुले मात्रै कारोबारमा करिब आधा हिस्सा ओगट्ने गरेका छन्।
१० ठूला ब्रोकर कम्पनीले आइतबार कुल २ अर्ब ७७ करोड रुपैयाँको सेयर बिक्री गरेका छन् भने तिनै कम्पनीले २ अर्ब ५७ करोड रुपैयाँको सेयर खरिद गरेका छन्।
आवद्ध लगानीकर्ताले गर्ने कारोबारको आकारका आधारमा आइतबार सबैभन्दा धेरै रकमको कारोबार गरेको ब्रोकर कम्पनी हो–भिजन सेक्युरिटिज (३४)।
सो कम्पनीमार्फत यस दिन कुल ५५ करोड ८२ लाख रुपैयाँको सेयर बिक्री भएको छ भने जम्मा २९ करोड ३५ लाख रुपैयाँको सेयर खरिद भएको छ। त्यस्तै दोस्रोमा रहेको नासा सेक्युरिटिज (५८) बाट ४८ करोड रुपैयाँको सेयर बिक्री हुँदा ३३ करोड ४४ लाख रुपैयाँको खरिद भएको छ।
यस दिन साउन एसियन बुल्सबाट सबैभन्दा धेरै ४२ करोड ९६ लाख रुपैयाँको सेयर खरिद भएको छ। उसमार्फत बिक्री गरेको सेयरको कुल मूल्य भने १० करोड ५ लाख रुपैयाँ मात्रै छ।
त्यस्तै एकमात्र स्टक डिलर नागरिक स्टक डिलरले पनि बजार घट्दा बिक्री बढाएको छ। नागरिक स्टक डिलरले आइतबार १ करोड २६ लाख रुपैयाँको सेयर खरिद गर्दा १ करोड ६१ लाख रुपैयाँको सेयर बिक्री गरेको छ।
हेर्नुस् आइतबार ठूला १० ब्रोकर कम्पनीबाट कति रुपैयाँको सेयर खरिद भयो, कतिको बिक्री भयो?
ब्रोकर कम्पनी
|
सेयर खरिद रकम
|
सेयरको बिक्री रकम
|
भिजन सेक्युरिटिज (३४)
|
२९ करोड ३५ लाख
|
५५ करोड ८२ लाख
|
नासा सेक्युरिटिज (५८)
|
३३ करोड ४४ लाख
|
४८ करोड
|
इम्पेरियल सेक्युरिटिज (४५)
|
३५ करोड ४१ लाख
|
३१ करोड ८४ लाख
|
साउथ एसियन बुल्स (४३)
|
४२ करोड ९६ लाख
|
१० करोड ५ लाख
|
अनलाइन सेक्युरिटिज (४९)
|
१७ करोड ३५ लाख
|
३३ करोड
|
दिपशिखा धितोपत्र (३८)
|
१६ करोड २४ लाख
|
२७ करोड १७ लाख
|
सनी सेक्युरिटिज (४२)
|
२८ करोड ८० लाख
|
१३ करोड ९७ लाख
|
आर्यतारा इन्भेष्टमेन्ट (५७)
|
२४ करोड १३ लाख
|
१६ करोड ८२ लाख
|
त्रिशक्ति सेक्युरिटिज (४८)
|
१४ करोड ९४ लाख
|
२१ करोड ८६ लाख
|
दक्षिणकाली इन्भेष्टमेन्ट (३३)
|
१४ करोड १७ लाख
|
१८ करोड १९ लाख
|