स्याफ्रुबेसी, रसुवामा रहेको 'लाङटाङ खोला जलविधुत आयोजना' को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ।
उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा सिद्दार्थ बैंक तथा एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्वारा करिब तीन अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ।
२०७८ असोज ११ गते मल्टी इनर्जी डेभलपमेण्ट प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ।
२० मेगावाट क्षमताको यो आयोजनको लागत तीन अर्ब ६४ करोड रुपैयाँ अनुमान गरिएको छ।
कम्पनीले आयोजनाको निमार्ण कार्य ठेकेदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ।