सनराइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइज पे-रोल लोन योजना ल्याएको छ।
योजना अन्तरगत सनराइज बैंकमा सनराइज पे-रोल बचत खाता भएका कुनै पनि ग्राहकहरुले बिना धितो १५ लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन्।
योजना अनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख रुपैयाँसम्मको र १० लाख रुपैयाँसम्मको टम लोन गरी अधिकतम १५ लाख रुपैयाँसम्मको कर्जा लिन सक्ने छन्।
कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने छ। उक्त कर्जा ५ वर्षसम्मको लागि प्रदान गरिने बैंकले बताएको छ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६० वटा एटिएम र ९१ वटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।