सानिमा बैंक लिमिटेडले असोज १५ गते ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
ललितपुर महानगरपालिका वडा २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले सानेपा कार्यालयको गरेका हुन्।
यसैगरी हरिसिद्धि कार्यालयको समुद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरे।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०८ कार्यालय र ९७ वटा एटिएम सञ्चालनमा छन्।