सानिमा बैंकले ललितपुरको सानेपा र हरिसिद्धिमा शाखा विस्तार गरेको छ।
बैंकले आज आफ्ना थप दुई शाखा विस्तार गरेको हो।
सानेपा शाखाको उद्घाटन ललितपुर महानगरपालिका वडा नम्बर दुईका अध्यक्ष राजेशकुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले गरेका हुन्।
त्यस्तै हरिसिद्धि शाखाको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरे।
बैंकका १०८ शाखा र ९७ एटिएम सञ्चालनमा छन्।