सनराइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको छ।
बुधबार नेपाल बाल संगठन, बाल मन्दिर नक्सालस्थित भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई चेक हस्तान्तरण गरेका हुन्।
आउँदै गरेको दसैंमा बालबालिकाको लागि नयाँ कपडा किन्न नगद एक लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।
साथै बैंकको गण्डकी प्रदेश कार्यालयको अगुवाइमा गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान र सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको सहभागितामा अमोर सेवा नेपाललाई नगद र खाद्यसामाग्री वितरण गरेको छ।
यसै गरी बैंकको लुम्बिनी प्रदेशबाट श्री वीरेन्द्र मा.वि, रुपन्देहीको दृष्टि विहिन संकायको भवन निर्माणको लागि पनि आर्थिक सहयोग गरेको छ।