मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ।
बैंकले कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालेको हो।
यो मेगा बैंकको २०१औं शाखा हो।
मेगा बैंकले यस आर्थिक बर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको बतायो।