ग्लोबल आइएमई बैंकले महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि ४३ इन्चका १० थान एलइडी टेलिभिजन सेट दिएको छ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत टिभी प्रदान गरिएको बैंकले बताएको छ।
आज (शुक्रबार) बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले परिसरका वरिष्ठ प्रहरी उपरिक्षक किरण बज्राचार्यलाई टेलिभिजन सेट हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले स्मार्ट कन्ट्रोल रुमका लागि टेलिभिजन सेटहरु सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे।
बैंकले उपलब्ध गराएको टेलिभिजन सेटहरुले सेवाग्राहीहरुलाई थप प्रभावकारी सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा राखे।
त्यसैगरी परिसरका वरिष्ठ प्रहरी उपरिक्षक बज्राचार्यले बैंकको सहयोगले निकै सहयोग पुग्ने विश्वास व्यक्त गरे।