साताको दोस्रो दिन सोमबार सेयर बजारमा १७.७५ अंकको गिरावटसँगै परिसूचक २८१९ अंक कायम भएको छ।
आज कारोबार भएका कम्पनीहरूमध्ये जम्मा ४३ वटाको मूल्य बढेको छ।
त्यस्तै १४४ वटाको कम भएको छ। दुई कम्पनीको मूल्य स्थिर छ।
हिजो आइतबारको तुलनामा आज कारोबार रकम पनि घटेको छ। हिजो सात अर्ब ८२ करोड बढीको कारोबार भएकामा आज ७ अर्ब ७७ करोड बढीको सेयर किनबेच भएको छ।
सोमबारको कारोबारमा बैंकिङ, होटल तथा पर्यटन र लगानी समूहबाहेक सबै उपसमूहको सूचक घटेको छ।
आज सबभन्दा धेरै मूल्य बढ्ने कम्पनी मानुषी लघुवित्त हो। यसको मात्र आज मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै साहस ऊर्जा र पाँचथर पावरको ९ प्रतिशत भन्दा बढी छ।