साताको दोस्रो दिन सोमबार सेयर बजारमा १७.७५ अंकको गिरावटसँगै परिसूचक २८१९ अंक कायम भएको छ।
आज कारोबार भएका कम्पनीहरूमध्ये जम्मा ४३ वटाको मूल्य बढेको छ। त्यस्तै १४४ वटाको कम भएको छ। दुई कम्पनीको मूल्य स्थिर छ।
हिजो आइतबारको तुलनामा आज कारोबार रकम पनि घटेको छ। हिजो सात अर्ब ८२ करोड बढीको कारोबार भएकामा आज ७ अर्ब ७७ करोड बढीको सेयर किनबेच भएको छ।
सोमबारको कारोबारमा बैंकिङ, होटल तथा पर्यटन र लगानी समूहबाहेक सबै उपसमूहको सूचक घटेको छ।
आज सबभन्दा धेरै मूल्य बढ्ने कम्पनी मानुषी लघुवित्त हो। यसको मात्र आज मूल्य १० प्रतिशतले बढेको छ।
हेर्नुहोस् आज सबभन्दा धेरै कमाउने दस कम्पनीहरूः
- मानुषी लघुवित्तः १० प्रतिशत
- साहस ऊर्जाः ९.९८ प्रतिशत
- पाँचथर पावरः ९.९८ प्रतिशत
- हिमालयन जेनरल इन्सुरेन्सः ८.०८ प्रतिशत
- सिभिल बैंकः ६.०२ प्रतिशत
- लुम्बिनी विकास बैंकः ४.८६ प्रतिशत
- नेपाल क्रेडिट एन्ड कमर्सियल बैंकः ४.६० प्रतिशत
- महालक्ष्मी विकास बैंकः ४.०४ प्रतिशत
- तेह्रथुम पावरः ३.९७ प्रतिशत
- मेगा बैंकः ३.९३ प्रतिशत
आज सबभन्दा धेरै गुमाउने दस कम्पनीहरूः
- कामना सेवा विकास बैंकः -६.७२ प्रतिशत
- हिमालयन पावरः -५.५३ प्रतिशत
- ग्रिनलाइफ हाइड्रोपावरः -५.५६ प्रतिशत
- रिडी हाइड्रोपावरः -५.२५ प्रतिशत
- घलेम्दी हाइड्रोपावरः -५.०६ प्रतिशत
- समता घलेरू लघुवित्तः -४.९१ प्रतिशत
- सिभिल लघुवित्तः -४.८० प्रतिशत
- सिइडिबी हाइड्रोपावरः -४.५२ प्रतिशत
- गुह्वेश्वरी मर्च्यान्ट बैंकः -४.४७ प्रतिशत
- माउन्टेन हाइड्रोः -४.३२ प्रतिशत