नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा एभरेष्ट बैंकले भावनात्मक र सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ।
नेपालमा अहिले अध्ययन तथा कामको सिलसिलामा धेरै जसो नेपालीहरु घरबाट टाढा रहन्छन्। यस्तो भौतिक दुरीलाई घटाएर दाजुभाई र दिदीबहिनीको सम्बन्धलाई अझ सुमधुर बनाई चाडबाड मनाउन हुन यस भिडियोमा दर्साइएकोे छ।
सो भिडियो एभरेष्ट बैंकको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलमा हेर्न सकिन्छ।
यो बैंकको १०५ शाखा संजाल, प्रादेशिक कार्यालय , १३८ एटिएम र ३१ वटा संकलन केन्द्र छ।