सानिमा बैंक लिमिटेडले मंगलबार उदयपुरगढीको गढीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ।
गढी शाखाको उद्धघाटन उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी र प्रदेश नं १ का प्रदेश प्रमुख विशाल दहालले संयुक्त रुपमा गरे।
उद्धघाटन समारोहमा बोल्दै उदयपुरगढी गाउँपालिका अध्यक्ष केप्छाकीले ग्रामीण क्षेत्रमा नयाँ शाखाले सो क्षेत्रका स्थानीय बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्न सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भएको बताए।
साथै बैंकलाई धन्यवाद ज्ञापन गर्दै उनले विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।
यसैगरी प्रदेश नं १ का प्रदेश प्रमुख विशाल दहालले ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमा बैंकको देशका सातै प्रदेशमा ११७ कार्यालय र ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन्।