नबिल बैंक लिमिटेडले आफ्नो शेयरधनीलाई ३८ प्रतिशत लाभांश दिने भएको छ।
बैंकको सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजीको ३३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।
सञ्चालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि साधारण सभाको छलफलमा समावेश गरिनेछ।
प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपपछि मात्र योग्य शेयरधनीले दाबी गर्न पाउनेछन्।
१३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंबले गत वर्ष ४ अर्ब १४ करोड रूपैयाँ वितरणयोग्य नाफा गरेको थियो।
'बैंकको काम व्यवसाय वृद्धि र नाफा कमाउने मात्र हो त?' (भिडिओ)-
अघिल्लो साताअघि बैंक तथा वित्तीय संस्थाहरूले बचतमा ब्याजदर बढाएर ११ प्रतिशतभन्दा धेरै पुर्याएका थिए। ब्याज बढाएको दुई दिन नबित्दै राष्ट्र बैंकले हस्तक्षेप गर्दै बढेको ब्याजदर फिर्ता लिन भन्यो।
त्यसपछि बैंकहरूले राष्ट्र बैंकको निर्देशनअनुसार तेस्रो दिन नयाँ ब्याजदर सार्वजनिक गरे। अधिकांश बैंकले अहिले बचतमा अधिकतम ९.३६ प्रतिशतसम्म ब्याज दिएका छन्।
अधिकांश बैंकले पैसा अभाव भएकाले ब्याजदर बढाउनुपरेको बताएका थिए। अहिले ब्याजदर कम भयो तर उनीहरूको समस्या समाधान भएको छैन। केही बैंक त अहिले ऋणै दिन नसक्ने अवस्थामा पुगेका छन्।
बैंकहरूले ब्याजदर बढाउनै पर्नेगरी पैसा कसरी सकियो? अब अहिलेको समस्या उनीहरूले कसरी समाधान गर्लान्? बैंकहरूले ऋण दिन नसक्ने अवस्था कहिलेसम्म रहला?
धेरैको चासो रहेका यस्तै प्रश्नहरू हामीले नबिल बैंकका महाप्रबन्धक (प्रमुख वित्त अधिकृत) मनोज ज्ञवालीलाई सोधेका छौं।
साथै अहिलेको परिस्थितिमा नबिल बैंकको अवस्था कस्तो छ, ग्राहकको सेवा-सुविधामा के कस्ता पहल गरिएका छन् भन्नेबारे पनि उनले जानकारी दिएका छन्।
हेर्नुहोस् ज्ञवालीसँगको कुराकानी भिडिओमाः