आइएमई जनरल इन्स्योरेन्सको का.म.न.पा. वडा नं. ३ पानीपोखरीस्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको शिलान्यास भएको छ।
शुक्रबार बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट उक्त भवनको शिलान्यास गरिएको हो।
शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल लगायत सम्पूर्ण संचालक, संस्थापक शेयरधनी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायत उच्च व्यवस्थापन अधिकृत, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु लगायतको उपस्थिति थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले समारोहमा उपस्थित भई भवनको शिलान्यास गरिदिएकोमा बीमा समितिका अध्यक्षलाई संचालक समिति तथा आइजिआई परिवारको तर्फबाट धन्यवाद व्यक्त गरे।
श्रेष्ठले कम्पनीको केन्द्रीय कार्यालयको प्रयोजनको लागि शिलान्यास भएको भवन समयमै निर्माण सम्पन्न हुने बताए। उक्त भवन एक नमुना भवन हुने समेत जानकारी बताए।