सनराइज बैंकले अनलाइन प्लाटफर्म ‘सनराइज केयर’ सार्वजनिक गरेको छ।
उक्त प्लाटफर्ममार्फत् बैकिङसम्बन्धी विभिन्न सेवाहरु बैंक नगई अनलाइनमार्फत् नै लिन सकिनेछ।
सनराइज केयर विभिन्न बैकिङ सुविाधाहरु एकै ठाँउमा संकलित अत्याधुनिक अनलाइन प्लाटफर्म हो। जस मार्फत डेबिट कार्डको अनलाइन अकाउन्ट ओपनिङ, पिन रि–इस्यु, ग्रिन पिन चेन्ज, इकर्मस अपडेट, मोबाइल बैंकिङ ब्लक/अनब्लक लगायत सेवासम्बन्धी आवेदन अनलानइबाटै दिन सकिन्छ।
आगामी दिनहरुमा सनराइ केयरमा अन्य बैंकिङ सेवाहरु पनि थप गर्ने बताइएको छ।
यस प्लाटफर्मलाई अत्याधिनिक प्रविधियुक्त र प्रभावकारी बनाउँदै लैजाने बैंकको उद्देश्य छ।
यो बैंकको १६० एटिएम, १३९ बटा शाखाहरु, १२ एक्सटेन्सन काउण्टर, ८१ वटा शाखारहित बैंकिङ सेवा छन्।