बुधवार सेयर बजार ४ अंकले घटेर २४१४ दशमलव ६२ को बिन्दुमा झरेको छ। आज बैंकिङ, होटल्स एण्ड टुरिजम, अन्य, माइक्रोफाइनान्स र जीवन बीमा उपसूचक घटेका छन्। आज ९६ वटा कम्पनीको सेयर मूल्य बढेको छ।
दिनभरमा २२८ कम्पनीका ९८ लाख ७९ हजार १ सय ९ सेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार रुपैयाँको सेयर किनबेच भएको छ।
सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको सेयर कारोबार भएको छ। बैंकको १६ करोड ५८ लाख ६२ हजार रुपैयाँको सेयर कारोबार भएको हो। बैंकको ५५९ रुपैयाँ सेयर मुल्य रहेको छ।
त्यसैगरी नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको १५ करोड ८४ लाख ७२ हजार, अपि पावर कम्पनीको १३ करोड ८८ लाख ९४ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
आज सामलिङ पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतले कमाउँदा नयाँ सारथी लघुवित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। कम्पनीका लगानीकर्ताले ५ दशमलव ३४ प्रतिशतले गुमाएका छन्।