नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै उत्कृष्ट जीवन बीमा कम्पनी भएको दावी गरेको छ।
नेपाल लाइफले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चार माध्याममार्फत नेपालकै नम्बर एक अभियान सार्वजनिक गरी तथ्य प्रमाणहरु प्रस्तुत गर्दै सो दावी गरेको हो।
कम्पनीले प्रस्तुत गरेको विवरणअनुसार आर्थिक वर्ष २०७८÷७९ को पहिलो तीन महिनाको अन्तिमसम्म कम्पनीसँग ११८.७६ अर्बको जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ बीमालेख जारी, ४०.५० अर्बको दावी भुक्तानी, ७.१९ अर्बको चुक्ता पुँजी रहेको छ। साथै अधिकांश सुचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीले जनाएको छ।
कम्पनीले जीवन बीमाको महत्वका बारे सचेतना जगाउने उद्देश्यका साथ पुष ६ गतेदेखि ‘नेपालकै नं. एक’ अभियान सार्वजनिक गरिएको कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिलकुमार चौधरीले बताए।