प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष श्री राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १६% का दरले हुने २५७.३२ करोड बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद १ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ। बिष्ट यसअघि पनि बैंकको सञ्चालक थिए।