साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ।
आज सेयर बजार नेप्से परिसूचक ७१ दशमलव २० प्रतिशतले बढेर २५९१ दशमलव ४२ विन्दुमा पुगेको छ।
जीवन बीमा ९ दशमलब ९८ प्रतिशत र निर्जीवन बीमा कम्पनी ८ दशमलब १७ प्रतिशतले बढेको छ। जलविद्युत र वित्त समूह वाहेक सबै समूह बढेका थिए।
दिनभरिमा २३१ वटा कम्पनी ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नविल बैंकको सेयर कारोबार भएको छ। बैंकको ३२ करोड ७ लाख ४९ हजारमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, हिमालयन डिष्टिलरीको २६ करोड ६६ लाख ५२ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १९ करोड ७ लाख ११ हजार, सिवम् सिमेन्टको १५ करोड ५२ लाख ७ हजार र नेपाल दूरसञ्चार कम्पनीको १३ करोड ३३ लाख २९ हजार रुपैयाँको सेयर करोबार भएको छ।
त्यसैगरी आज १५ वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन्।