सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल सिटिजन अभियान अन्तर्गत डिजिटल (अभौतिक) बीमालेख सेवा सञ्चालनमा ल्याएको छ।
अनिवार्य रुपमा भौतिक टिकट टाँस्नुपर्ने प्रावधानलाई सहज गर्दै बीमा समितिले बीमकले डिजिटल बीमालेख जारी गर्ने बाटो खुल्ला गरेको हो।
अभौतिक बीमालेख सञ्चालन गर्ने सिटिजन लाइफ इन्स्योरेन्स पहिलो कम्पनी बनेको दाबी गरिएको छ।
‘यस सेवाले कम्पनीको दक्षता बढाएर समयको बचत गराउँँदछ। कम्पनी र ग्राहक दुबैको लागी सजिलो वातावरण को सृजना गर्दछ’, कम्पनीले भनेको छ।
उक्त अभियान अन्तर्गत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली विगत २ बर्ष देखी सञ्चालनमा रहेको छ। साथै अनलाईनबाट सजिलै दावी प्रकृया पनि अगाडी बढाउन सकिन्छ।
कम्पनीले विभिन्न तालिमहरु डिजिटल माध्यमबाट संचालन गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले जानकारी गराए।