एनएमबी बैंक र हिमालय दृश्य होटेल, धुलिखेलबीच सम्झौता भएको छ। सम्झौताअनुसार खानामा १० प्रतिशत तथा आवास सुबिधामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हो।
सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाईरेक्टर सेल्स एण्ड मार्केटिङ्ग बबिता पाण्डेले हस्ताक्षर गरे।
अत्याधुनिक बैंकङ्ग सुबिधा, विद्युतीय भुक्तानी अभिबृद्धिसहित अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबी बैंकले छुटको लागि सहकार्य गरेको हो।
एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।