ग्लोबल आइएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको अवसरमा देशव्यापीरुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। शुक्रबार पुस १६ मा सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।
यस कार्यक्रमअन्तर्गत, प्रदेश १ को तिनपैनी शाखा, विराटनगर, मोरङ, प्रदेश २ को लाहान शाखा, सिराहा, वाग्मती प्रदेशको कान्तिपथ शाखा, काठमाण्डौ, गण्डकी प्रदेशको न्यूरोड शाखा, पोखरा, कास्की, लुम्बिनी प्रदेशको मिलनचोक शाखा, बुटवल, रुपन्देही, कर्णाली प्रदेशको विरेन्द्रचोक शाखा, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश कार्यालय, चटकपुर, धनगढीमा पौष १६ गते रक्तदान कार्यक्रम आयोजना गरिएको छ। देशभर आयोजित कार्यक्रममा ४१६ रक्तदाताहरुबाट १८७ लिटर रगतदान गरिएको बैंकको भनाइ छ।
यो वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल बैंकिङसम्बन्धी साक्षरता कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर, खेलकुद तथा अन्य सामाजिक कार्यक्रमहरुको आयोजना गरिरहेको छ।
ग्लोबल आइएमई बैंक पुस १८ गते आइतबारदेखि स्थापनाको १५ वर्ष पुरा गरी १६औँ वर्षमा प्रवेश गर्दैछ।