साताको पहिलो दिन सेयर बजार नेप्से परिसूचक ६० दशमलव ४१ अंकले बढेर २५८४ दशमलव ९१ विन्दूमा पुगेको छ।
आज १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक बढेको छ।
उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै ५ दशमलव ०८ प्रतिशत बढेको छ। त्यस्तै निर्जीवन बीमा उपसमूहको परिसूचक ३ दशमलव ५४ प्रतिशत बढेको छ भने विकास बैंकको ३ दशमलव ४२ प्रतिशतले बढेको छ।
त्यस्तै लगानी, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ भने बैंकिङ, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार दिनभरीमा २४० कम्पनीको ७१ लाख ६० हजार सेयर किनबेच हुँदा जम्मा ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँ कारोबार भएको छ।
आज सबैभन्दा धेरै हिमालय डिष्टिलरीको सेयर कारोबार भएको छ। कम्पनीको ४४ करोड ९४ लाख २ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो।
त्यस्तै नबिल बैंकको २९ करोड ७० लाख ४९ हजार, शिवम् सिमेन्टको २३ करोड ४९ लाख ८१ हजार, नेपाल बंगलादेश बैंकको १८ करोड ९२ लाख १५ हजार र अपि पावर कम्पनीको १७ करोड ३७ लाख ७ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
त्यसैगरी हिमालय डिष्टिलरीका सेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशतले बढेको छ। त्यस्तै मध्य भोटेकोशीको सेयर मूल्य ९ दशलमव ९७ प्रतिशत र सूर्या लाइफ इन्स्योरेन्सको ९ दशमलव २९ प्रतिशत बढेको छ।
गोर्खाज फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै ५ दशमलव १२ प्रतिशत घटेको छ।