सानिमा बैंकले मंगलबार धादिङ्गको मलेखुमा नयाँ शाखा स्थापना गरेको छ। बैंकले सोही दिनदेखि यस क्षेत्रमा आफ्नो बैंकिङ सेवा पनि विस्तार गरेको छ।
उक्त शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक बलराम पराजुली, ब्रान्ड प्रबन्धक मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा गरे।
उद्घाटन समारोहमा मह-जोडीले बैंकको शाखा सञ्चालन भएकोमा बैंकलाई बधाई दिए। त्यस्तै उनीहरूले बैंकको निरन्तर विस्तार र थप सफलताको लागि शुभकामना व्यक्त गरे।
बैंकका सञ्चालक बलराम पराजुलीले पनि बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग र संरक्षण गर्ने बताए।
बैंकको सातै प्रदेशमा गरी एक सय १९ कार्यालय र ९७ वटा एटिएम सञ्चालनमा छ।