मंगलबार पनि सेयर बजारमा हरियाली छाएको छ।
आज सेयर बजार नेप्से परिसूचक ६३ दशमलव ०१ अंकले बढेर २६७९ दशमलव ९५ विन्दूमा पुगेको छ। १६६ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ वटाको मूल्य घटेको छ।
दिनभरीमा २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ सेयर किनबेच हुँदा ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२७ रुपैयाँको कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक घटेको छ भने ११ उपसमूहको परिसूचक बढेको छ।
विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा धेरै ५ दशमलव २३ प्रतिशत बढेको छ। त्यस्तै बैंकिङ, वित्त, जलविद्युत र लगानी उपसमूहको परिसूचक आज ३ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबारमा आएको उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक आज क्रमश ० दशलमव ५९ प्रतिशत र ० दशलमव ३४ प्रतिशत घटेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज नेपाल बंगलादेश बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। बैंकको १४ करोड ७७ लाख ५४ हजार ५५० रुपैयाँको कारोबार भएको हो।
त्यस्तै नबिल बैंकको १३ करोड ९६ लाख ९ हजार, अपि पावरको ११ करोड ७ लाख ६८ हजार, हिमालयन डिष्टिलरीको १० करोड ६० लाख २३ हजार र अपर तामाकोशीको १० करोड ३८ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ।
त्यस्तै तीन कम्पनीको सेयर मूल्य सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ। श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको १० प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको १० प्रतिशत र मध्य भोटेकोशी जलविद्युत कम्पनीको ९ दशमलव ९९ प्रतिशतले बढेको हो।