विदेशीएका नेपालीहरूले नेपालमा रहेका आफन्तजनलाई पैसा पठाउन विभिन्न रेमिट्यानसको सहारा लिनपर्ने हुन्छ। दैनिक विदेशी मुद्राको भाउबारे जानकारी राखे रकमको हिसाब राख्न पनि सहज हुन्छ। वाणिज्य बैंकहरूमा पैसा सटही गर्दा भने तोकिएको मूल्यभन्दा केही रकम फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।
आज बुधबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ५१ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३५ रुपैयाँ १८ पैसा पुगेको छ।
छिमेकी राष्ट्र भारतको भारु एक सयको खरिददर भने नेपालमा एक सय ६० रुपैयाँ कायम छ। यसको बिक्रीदर १६० रुपैयाँ १५ पैसा पुगेको छ। गत सातादेखि भारुको खरिददर र बिक्रीदरमा कुनै परिवर्तन देखिएको छैन।
त्यस्तै नेपाल राष्ट्र बैंककाअनुसार अष्ट्रेलियन डलर एकको खरिददर आज ८५ रुपैयाँ ८२ पैसा पुगेको छ भने बिक्रीदर ८६ रुपैयाँ २५ पैसा पुगेको छ। यता साउदी अरेबियन रियाल एकको खरिददर भने ३१ रुपैयाँ ६९ पैसामा कारोबार भइरहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा पुगेको छ।
अमेरिकी, युरोपियन र अष्ट्रेलियन डलरबाहेक अन्य देशको मुद्राको खरिददर र बिक्रीदर यस प्रकारको छः
