बुधबार सेयर बजार घटेको छ। आज सेयर बजार नेप्से परिसूचक ३० दशमलव ७७ अंकले घटेर २६४९ दशमलव १८ अंकमा झरेको छ।
दिनभरीमा २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२६ सेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८२ रुपैयाँ ७१ पैसाको कारोबार भएको छ। आज ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ वटा कम्पनीको सेयर मूल्य घटेको छ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ। सकारात्मक देखिने उपसमूहमध्ये हाइड्रोपावर र वित्त रहेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज सिवम् सिमेन्टको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको १८ करोड ७२ लाख ६२ हजार ३३१ रुपैयाँ ९० पैसाको कारोबार भएको हो।
त्यस्तै, अपि पावर कम्पनीको १६ करोड ७४ लाख ८ हजार ७४१, अपर तामाकोशीको १४ करोड ३५ लाख १७ हजार ७६८, अरुण-भ्यालीको ११ करोड ७ लाख १९ हजार १४८ र जलविद्युत लगानी तथा विकास कम्पनीको १० करोड ६५ लाख १ हजार ६५६ रुपैयाँको कारोबार भएको छ।
मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ९६ प्रतिशतले कमाएका छन्। त्यस्तैगरी विजय लघुवित्त कम्पनीका लगानीकर्ताले ४ दशमलव ५५ प्रतिशतले गुमाएका छन्।