बिहिबार सेयर बजारमा हरियाली छाएको छ।
आज सेयर बजार नेप्से परिसूचक ४३ दशमलव २९ अंकले बढेर २६९२ दशमलव ४७ विन्दूमा पुगेको छ। १६४ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ वटाको मूल्य घटेको छ।
बिहिबार २३८ कम्पनीको ७३ लाख ३६ हजार ३३४ सेयर किनबेच हुँदा ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४८ रुपैयाँको कारोबार भएको छ।
१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक घटेको छ भने ११ उपसमूहको परिसूचक बढेको छ। घट्ने उपसमूहमध्ये ट्रेडिङ र म्यानुफ्याक्चर एन्ड प्रोडक्सन हुन्।
आज तीन कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल फाइन्यान्स लिमिटेडको १० प्रतिशत, तेह्रथुम पावर कम्पनीको १० प्रतिशत र मध्य भोटेकोशी जलविद्युत कम्पनीको ९ दशमलव ९९ प्रतिशतले बढेको हो।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज अपि पावर कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको १६ करोड ३७ लाख ६ हजार ६६८ रुपैयाँको कारोबार भएको हो।
त्यस्तै, एनआइसि एशिया बैंकको १२ करोड ५२ लाख १९ हजार १४८, राष्ट्रिय माइक्रोफाइनेन्स वित्तिय संस्थाको १० करोड ३६ हजार २५१, गरिमा विकास बैंकको ९ करोड ३५ लाख ५९ हजार ७८७ र हिमालयन डिस्टिलरी लिमिटेडको ८ करोड ७७ लाख ९४ हजार ५२३ रुपैयाँको कारोबार भएको छ।