सूर्या लाइफ इन्स्योरेन्सले मोबाइल एप सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो १३औं वार्षिक साधारण सभाको अवसरमा एप सार्वजनिक गरेको हो।
कम्पनीले बिमित तथा अभिकर्तालाई आफ्नोपन महशुस हुने गरी थप सेवा-सुविधा प्रदान गर्ने उद्देश्यले एप सार्वजनिक गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले बताएका छन्।
उनका अनुसार एपको प्रयोगमा बीमा योजनाहरू समेत खरिद गर्न सकिन्छ। त्यस्तै, यसमार्फत अभिकर्ताले आफ्नो र आफ्नो मातहतमा भएका अन्य अभिकर्ताहरूले गरेको व्यवसाय तथा बीमा योजना र बीमा शूल्क गणनासम्बन्धी जानकारी लिन सक्नेछन्।
यो मोबाइल एप एन्ड्रोइड र आइओएस प्रयोगकर्ताहरूले सहजै प्लेस्टोर अथवा एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ।