साताको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आज नेप्से परिसूचक ७३.०५ अंकले बढेर २७६५.५१ विन्दुमा पुगेको छ।
आज १८३ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ वटाको मूल्य घटेको छ।
दिनभरिमा २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार ६२१ सेयर किनबेच हुँदा ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ रूपैयाँको कारोबार भएको छ।
आज १३ उपसमूहकै उपसूचक बढेको छ। त्यसमध्ये सबैभन्दा धेरै ट्रेडिङको ६.८ अंकले बढेको छ। त्यस्तै, विकास बैंकको ५.४९ र फाइनान्सको ५.१६ अंकले बढेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेपाल हाइड्रो डेभलपर लिमिटेड र हिमालयन उर्जा विकास कम्पनीको मूल्य १० प्रतिशत बढेको छ।
त्यस्तै युनियन हाइड्रोपावर लिमिटेडको ९.९८ प्रतिशत, मध्य-भोटेकोशी जलविद्युत कम्पनीको ९.९७ प्रतिशत र न्यादी हाइड्रोपावर लिमिटेडको सेयर कारोबार ९.४१ प्रतिशतले बढेको हो।
आज सबैभन्दा धेरै अपि पावर कम्पनीको ९ करोड २२ हजार २७३ रुपैयाँको सेयर कारोबार भएको छ।
त्यसपछि क्रमशः प्रभु बैंक लिमिटेडको २० करोड ८६ लाख ४२ हजार १५ रुपैयाँ,
अप्पर तामाकोशी हाइड्रोपावरको २० करोड १५ लाख ७७ हजार ६१२ रुपैयाँ, सिवम् सिमेन्टको १९ करोड ३९ लाख ८९ हजार ३५ रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको १८ करोड ७५ लाख ५ हजार ४२८ रुपैयाँको कारोबार भएको छ।