विदेशीएका नेपालीहरूले नेपालमा रहेका आफन्तजनलाई पैसा पठाउन विभिन्न रेमिट्यानसको सहारा लिनपर्ने हुन्छ। दैनिक विदेशी मुद्राको भाउबारे जानकारी राखे रकमको हिसाब राख्न पनि सहज हुन्छ। वाणिज्य बैंकहरूमा पैसा सटही गर्दा भने तोकिएको मूल्यभन्दा केही रकम फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।
आज सोमबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ ७४ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३५ रुपैयाँ ४२ पैसा पुगेको छ।
क्यानेडियन डलर एकको खरिददर आज ९३ रुपैयाँ ७८ पैसा पुगेको छ भने यसको बिक्रीदर ९४ रुपैयाँ २५ पैसा पुगेको छ। त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर आज ८४ रुपैयाँ १४ पैसा पुगेको छ। यसको बिक्रीदर भने ८५ रुपैयाँ ५७ पैसा पुगेको छ।
नेपाल राष्ट्र बैंककाअनुसार कुवेती दिनार एकको खरिददर आज ३ सय ९२ रुपैयाँ १३ पैसा पुगेको छ भने यसको बिक्रीदर ३ सय ९४ रुपैयाँ ११ पैसामा कारोबार भइरहेको छ।
छिमेकी राष्ट्र भारतको भारु एक सयको खरिददर भने नेपालमा एक सय ६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम रहेको छ।
अमेरिकी, युरोपियन र अष्ट्रेलियन डलरबाहेक अन्य देशको मुद्राको खरिददर र बिक्रीदर यस प्रकारको छः
