विदेशीएका नेपालीहरूले नेपालमा रहेका आफन्तजनलाई पैसा पठाउन विभिन्न रेमिट्यानसको सहारा लिनुपर्ने हुन्छ। दैनिक विदेशी मुद्राको भाउबारे जानकारी राखे रकमको हिसाब राख्न पनि सहज हुन्छ। वाणिज्य बैंकहरूमा पैसा सटही गर्दा भने तोकिएको मूल्यभन्दा केही रकम फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।
आइतबार अमेरीकी डलर एकको खरिददर ११९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२० रुपैयाँ ३७ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३३ रुपैयाँ ३६ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३४ रुपैयाँ ३ पैसा पुगेको छ।
अष्ट्रेलियन डलर एकको खरिददर आज ८३ रुपैयाँ ८३ पैसा पुगेको छ। यसको बिक्रीदर ८४ रुपैयाँ २५ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर भने ९३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९४ रुपैयाँ २० पैसा पुगेको छ।
त्यस्तै, नेपाल राष्ट्र बैंककाअनुसार आइतबार कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६ पैसा पुगेको छ। कुवेती दिनार एकको खरिददर ३९५ रुपैयाँ १९ पैसा पुगेको छ भने यसको बिक्रीदर ३९७ रुपैयाँ १७ पैसामा कारोबार भइरहेको छ।
यीबाहेक अन्य देशको मुद्राको खरिददर र बिक्रीदर यस प्रकारको छः
