सनराइज बैंकले पुनः 'केयर एनपी ए-' रेटिङ पाएको छ। बैंकलाई केयर रेटिङस् नेपाले ए- इस्युवर रेटिङ दिएको हो।
केयर रेटिङस् नेपालद्वारा गरिने निरिक्षणमा बैंकले विगत ४ बर्षदेखि नियमित रूपमा ए- रेटिङ पाएको छ।
ए- रेटिङ भएका वित्तीय संस्थाहरूको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता इस्युवर रेटिङ रहेका वित्तीय संस्थाहरूमा न्यून जोखिम रहेको मानिन्छ।
बैंकले आफ्नो लगानीकर्ताहरू तथा सम्पूर्ण हिताधिकारीहरूको सुरक्षाको निम्ति आफ्ना जोखिमहरूलाई न्यूनिकरण गर्दै लगेको समेत यो रेटिङले थप पुष्टि गर्छ। आगामी दिनहरूमा पनि बैंकले आफ्ना परिसूचकहरू अझ सशक्त गर्दै लैजाने कुरामा बैंक प्रतिबद्ध छ।