सोमबार सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक १३.४८ अंकले घटेर २८७२.०५ पुगेको हो।
दिनभरमा २२५ कम्पनीको १ करोड १ लाख ५ हजार ६६९ सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ रुपैयाँ ९ पैसाको कारोबार भएको छ।
त्यस्तै, कारोबार भएका कुल कम्पनीमध्ये १५६ कम्पनीको मूल्य घटेको छ भने जम्मा ३२ कम्पनीको मूल्य बढेको छ। बाँकी २ कम्पनीको मूल्य स्थिर छ।
आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये १० वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ भने बाकीँ तीनवटा उपसमूहको सूचक सकारात्मक देखिएको छ। सकारात्मक देखिएको उपसमूहहरू इनभेस्टमेन्ट, माइक्रोफाइन्यान्स र अन्य हुन्।
आज फर्वार्ड माइक्रोफाइन्यान्स वित्तिय संस्था र विन नेपाल लगुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ। त्यस्तै बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयर ९.९९ प्रतिशतले बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार सोमबार हाइड्रोपावर इनभेस्टमेन्ट एन्ड डिभल्पमेन्ट कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ५७ करोड १२ लाख ७८ हजार ६३९ रुपैयाँ ७० पैसाको कारोबार भएको हो।
यसपछि अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ३१ करोड ८२ लाख ७८ हजार १९० रुपैयाँ १० पैसा, एनटिसीको ३१ करोड १८ लाख ८४ हजार ६४ रुपैयाँ ३० पैसा, अरुन भ्याली हाइड्रोपावरको १८ करोड २६ लाख २६ हजार ७१३ रुपैयाँ १० पैसा र जीवन विकास लगुवित्त वित्तीय संस्थाको १७ करोड ७५ लाख ४६ हजार ३१४ रुपैयाँ ४० पैसाको कारोबार भएको छ।