मंगलबार सेयर बजार बढेको छ। आज सेयर बजारको परिसूचक १९.२९ अंकले बढेर २८९१.३३ पुगेको हो।
दिनभरमा २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ ११ पैसाको कारोबार भएको छ।
त्यस्तै, कारोबार भएका कुल कम्पनीमध्ये १४८ कम्पनीको मूल्य बढेको छ भने ३६ कम्पनीको मूल्य घटेको छ। बाँकी ६ कम्पनीको मूल्य स्थिर छ।
आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये ९ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ भने बाकीँ चारवटा उपसमूहको सूचक सकारात्मक देखिएको छ। सकारात्मक देखिएको उपसमूहहरूमध्ये हाइड्रोपावरको ३.२२ प्रतिशत, विकास बैंकको १.६१ प्रतिशत, म्युचल फन्डको १.५ प्रतिशत र फाइन्यान्सको १.४८ प्रतिशतले बढेको छ। यसबाहेक अरू उपसमूहको सूचक एक प्रतिशतभन्दा कम प्रतिशतले मात्रै बढेको छ।
त्यस्तै, आज ट्रेडिङ, होटल एन्ड टुरिजम, म्यानुफ्याक्चर एन्ड प्रडक्सन र लाइफ इन्स्योरेन्सको सूचक नकारात्मक देखिएको हो।
आज विन नेपाल लगुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ भने बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयर ९.९९ प्रतिशतले बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार मंगलबार नेसनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ३९ करोड १ लाख ४१ हजार ७०१ रुपैयाँ ६० पैसाको कारोबार भएको हो।
यसपछि अरुन भ्याली हाइड्रोपावरको ३७ करोड १४ लाख ४५ हजार ५६६ रुपैयाँ २० पैसा, अपि पावरको ३५ करोड ७ लाख ९५ हजार ७७९ रुपैयाँ ५० पैसा, अपर तामाकोशी हाइड्रोपावरको ३४ करोड २७ हजार २१९ रुपैयाँ ९० पैसा र हाइड्रोइलेक्ट्रिसिटी एन्ड डिभलप्मेन्ट बैंकको ३० करोड ४ लाख ८४ हजार ३९५ रुपैयाँ कारोबार भएको छ।