बिहीबार सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक १४.५८ अंकले घटेर २८७६.७५ पुगेको हो।
दिनभरमा २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँ २ पैसाको कारोबार भएको छ।
त्यस्तै, कारोबार भएका कुल कम्पनीमध्ये १३७ कम्पनीको मूल्य घटेको छ भने जम्मा ३५ कम्पनीको मूल्य बढेको छ। बाँकी ९ कम्पनीको मूल्य स्थिर छ।
आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये २ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ भने बाकीँ ११ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ। सकारात्मक देखिएको उपसमूहहरू हाइड्रोपावर र नन-लाइफ इन्स्योरेन्स हुन्।
आज विन नेपाल लगुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ। त्यस्तै, बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयर ९.७३ प्रतिशतले बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार बिहीबार अरुन भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ८२ करोड ७० लाख ३५ हजार ३३६ रुपैयाँ ५० पैसाको कारोबार भएको हो।
यसपछि, अपि पावरको ५२ करोड ५० लाख १८ हजार ७२२ रुपैयाँ, शिखर इन्स्योरेन्सको २६ करोड ८० लाख ६८ हजार ४४ रुपैयाँ ७० पैसा, नेसनल हाइड्रोपावर कम्पनीको २४ करोड ८१ लाख ७८ हजार २५९ रुपैयाँ १० पैसा र हाइड्रोपावर इनभेस्टमेन्ट एन्ड डिभल्पमेन्ट कम्पनीको २४ करोड ३७ लाख ३५ हजार १३६ रुपैयाँ ७० पैसाको कारोबार भएको छ।