साताको कारोबारको अन्तिम दिन आज सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक ११.९६ अंकले घटेर २८०१.५६ पुगेको हो।
दिनभरमा २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ सेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३४९ रुपैयाँ ६४ पैसाको कारोबार भएको छ।
कारोबार भएका कुल कम्पनीमध्ये १४४ कम्पनीको मूल्य घटेको छ भने जम्मा ३९ कम्पनीको मूल्य बढेको छ। बाँकी ८ कम्पनीको मूल्य स्थिर छ।
आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये तीन उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाकीँ १० उपसमूहको सूचक नकारात्मक देखिएको छ।
बिहीबार कारोबारमा आएका सबै कम्पनीहरूको सेयर ३ प्रतिशतभन्दा कमले मात्रै बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज एनटिसीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको २५ करोड ४८ लाख ३९ हजार ५६४ रुपैयाँ ५० पैसाको कारोबार भएको हो।
यसपछि, नेसनल हाइड्रोपावर कम्पनीको २२ करोड ४० लाख १५ हजार ४५९ रुपैयाँ २० पैसा, आइएमई जेनेरल इन्स्योरेन्सको १९ करोड ८१ लाख ८७ हजार १४६ रुपैयाँ ६० पैसा, अरुन भ्याली हाइड्रोपावर डिभलप्मेन्टको १६ करोड २६ लाख ३८ हजार ९५४ रुपैयाँ ७० पैसा र नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ७१ लाख ६० हजार २२९ रुपैयाँ ६० पैसाको कारोबार भएको छ।